२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा भएको स्वास्थ्य शिविरमा १ सय ९२ लाभान्वित

२०७९ चैत्र ७, मंगलबार प्रकाशित ( साल अघि) ४६८ पाठक संख्या

कावासोती । नवलपुरको मध्यविन्दुमा एक दिने छाला सम्बन्धि स्वास्थ शिविर सम्पन्न भएको छ । शिविरबाट १ सय ९२ जनाले स्वास्थ लाभ लिएका छन् ।

जस्मध्य १ सय २२ जना पुरुष र ७० जना महिला रहेका छन् । मध्यविन्दु नगरपालीकाको आयोजनामा नयाँ बेलहानी स्वास्थ्य चौकी अरुणखोलामा सो शिविर सम्पन्न भएको हो । स्वास्थ परिक्षण गराउदा अधिकांस छालाको एलजि र दिर्ग रोगिका बिरामी भेटिएका थिए ।

हरियोखर्क अस्पताल पोखराको छालारोग विशेषज्ञ डा.प्रकाश कार्कि,सोहि संस्थाका औटिक संयोजक तारा हानतावा सहितको टिलीले सेवा दिएका हुन् । मध्यविन्दु नगरपालिका वडा नं.१० का वडा अध्यक्ष रण बहादुर थापाको अध्यक्षतामा कार्यक्रमको शुरुवात भएको हो ।

शिविरको अनुगगनमा नगरपालिकाका प्रमुख भीमलाल अधिकारी, स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईं, स्वास्थ्य कार्यालयकै श्याम केसी सहितको टोली पुगेका थिए ।

शिविरमा आएकाहरुलाई निःशुल्क जाँच गरी आवश्यक औषधिसमेत  सहित परामर्स प्रदान गरिएको नवलपुर जन स्वास्थ कार्यालयका क्षय, कुष्ठ फोक्ल प्रसन् डिलिराम तिवारीले जानकारी गराउनुभयो ।

एक दिने निःशुल्क स्वास्थ्य शिविर  आफ्नै गाँउ ठाउँमा संञ्चालन हुदा छाला रोग बाट पिडित भएका सर्वसाधारणले सेवा  पाएकोमा खुसि व्यक्त गरेका थिए ।

त्यस्तै चैत्र ८ गते अर्थात भोलि देवचुली नगरपालीको समन्वयमा सोही टोलीद्धारा दुम्कौली नगर अस्पताल केउरेनीमा शिविर सञ्चालन हुने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस