२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु, ३ जना घाइते

२०७९ चैत्र ७, मंगलबार प्रकाशित ( साल अघि) ५४९७ पाठक संख्या

कावासोती । पश्चिम नवलपरासीमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

रामग्राम नगरपालिका – ४ बैरिहवास्थित सडकमा लु. ८९ प ९८५९ नम्बरको मोटरसाइकल र लु.७८ प ९८७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा लु.७८ प ९८७ नम्बरको मोटरसाइकल चालक सुनवल नगरपालिका – १२ भतौडी बस्ने २० वर्षीय श्रीकान्त केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%२%८%१%२६%७%

प्रतिक्रिया दिनुहोस