२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरको पूर्वपश्चिम राजमार्गमा रोकिए सयौं सवारीसाधन

२०७९ चैत्र ७, मंगलबार प्रकाशित ( साल अघि) ३२७५ पाठक संख्या

कावासोती । महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको ४० किलोमिटर भन्ने स्थानमा १२ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार महेन्द्र राजमार्ग फराकिलो पार्ने क्रममा निर्माण गरिएको डाइभर्सन भास्सिएका कारण गएराति साढे १० बजेबाट राजमार्ग अवरुद्ध भएको हो ।

महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका सवारी साधन चोरमारा र डन्डामा अलपत्र परेका छन् । महेन्द्रराजमार्गको चोरमारा र कावासोतीको बिचमा पर्ने ४० किलोमिटर भन्ने स्थानमा राजमार्ग बिग्रिएको हो । सडक बनाएर राजमार्ग सुरु गर्न हिलैहिलो भएका कारण नसकिएको प्रहरीको भनाइ छ ।

‘यो क्षेत्रमा गएराति वर्षात् भएको थियो । राजमार्ग खुलाउन जेसीभी र स्काभेटर मगाइएको छ,’ प्रहरीले भन्यो । निर्माणाधीन सडक हिलैहिलो भएकाले त्यस क्षेत्रमा आवतजावतमा कठिनाइ भएको छ । राजमार्ग बिग्रिएको स्थान जंगलमा पर्दछ ।

चोरमारा प्रहरी चौकीका अनुसार बिग्रिएको ठाउँमा ग्राइभेल हाल्न जामका कारण सकिएको छैन । ‘राजमार्गमा रातिदेखि नै डबल पार्किङ छ । ग्राइभेल ल्याउनै सकिएको छैन । ग्राभेल नहालेसम्म सडक सुरु गर्न सकिएको छैन,’ प्रहरीले भन्यो । राजमार्गको चारमारासम्म दोहोरो सवारी जाम छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%३%८%२%९%४%

प्रतिक्रिया दिनुहोस