२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०७९ चैत्र ७, मंगलबार प्रकाशित ( साल अघि) ५०३ पाठक संख्या

कावासोती । अविरल वर्षाका कारण नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती , मध्यविन्दुमा बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

सोमबार राति आएको वर्षाका कारण मध्यविन्दु नगरपालिका ७ अवस्थित डाइभर्सन र कावासोती १६ चालिस किलोमा रहेको डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो । नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो ।

डाइभर्सनमा पूर्णरूपमा क्षति पुगेकाले तत्काल मर्मत गरी सञ्चालन गर्न कठिन रहेकोले नारायणगढ–बुटवल सडक खण्ड यात्रा गर्दा पुर्वबाट पश्चिम जाने सवारीहरु डण्डाबाट हुप्सेकोट हुदै चोरमारको रुट प्रयोग गर्न र पश्चिमबाट पूर्व जाने सवारीहरुले चोरमारबाट कोल्हुवा हुदै डण्डा निस्कने रुटको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय नवलपुरले अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस