२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

चोरमारामा स्वास्थ्य अभिमुखीकरण कार्यक्रम

२०७९ चैत्र ६, सोमबार प्रकाशित ( साल अघि) ४६२ पाठक संख्या

चोरमारा । नवलपुर जिल्लाको मध्यविन्दु – ७ चोरमारामा आकस्मिक सेवा अन्तर्गत आँखा, नाक, कान, घाँटी तथा मुखको  स्वास्थ्य सम्बन्धी प्राथमिक उपचार बारे दुईदिने अभिमुखीकरण तालिम सुरु भएको छ ।

मध्यविन्दुको नगर अस्पतालमा आज र भोली कार्यक्रम संञ्चालन हुने छ  मध्यविन्दु नरपालीका र विनयी त्रिवेणी गाँउपालीकाका स्वास्थकर्मीहरुलाई सो तालिम प्रदान गरिएको हो । कार्यक्रममा स्वास्थकर्मीहरु बिच आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी के कस्ता समस्या हुन सक्ने विषयवस्तुमा छलफल गरिएको थियो।

स्थानीय तहको स्वास्थ्य संस्थाहरुमा प्रथामीक उपचारमा कस्तो अवस्था सम्म त्यहि उपचार गर्ने सकिन्छ र  थप उपचारका लागी के गर्ने सम्बन्धिमा यस तालिमले सहयोग पुर्याउने जिल्ला जनस्वास्थ कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले बताउनुभयो ।

सो कार्यक्रम चैत २ र ३ गते बुलिङटार र बौदिकाली गाउँपालीकामा सम्पन्न भईसकेको छ । अब बाकि रहेका स्थानिय तहमा पनि कार्यक्रम सञ्चालन हुने छ । जिल्लाका ८० स्वास्थकर्मीलाई तालीम प्रदान गर्न लक्ष्य रहेको जिल्ला स्वास्थ्य प्रमुख चापागाईले बताउनुभयो ।

FB_IMG_1679309900420

कार्यक्रममा आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी रोग तथा समस्याहरू तथा त्यसको समाधानका उपायका बारेमा डा.नन्दलाल राना मगरले प्रशिक्षण गराउनु भएको थियो। कार्यक्रममा २० जना स्वास्थकर्मीको सहभागिता रहेका थिए ।

त्यस्तै भोलि जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा देवचुली र मध्यबिन्दु नगरपालिकाको समन्वयमा आई.एन.एफ नेपाल, हरियोखर्क अस्पताल पोखराको छालारोग विशेषज्ञ सहितको टिमबाट निशुल्क छालारोग शिविर सञ्चालन हुने समेत चापागाईले जानकारी गराउनुभयो । शिविर चैत्र ७ गते नयाँ बेलहानी स्वास्थ्य चौकी अरुणखोलामा र चैत्र ८ गते दुम्कौली नगर अस्पताल केउरेनीमा हुने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस