२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरको मध्यबिन्दु क्याम्पसमा अखिलका बागी उम्मेदवार विजयी

२०७९ चैत्र ६, सोमबार प्रकाशित ( साल अघि) १६९९ पाठक संख्या

कावासोती । नवलपरासीमा सबैभन्दा धेरै विद्यार्थी रहेको मध्यबिन्दु बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेकपा एमाले निकट बागी उम्मेदवार सभापतिमा विजयी भएका छन् ।

वागी उम्मेदवार केशव भुसाल स्ववियु सभापतिमा विजयी भएका हुन् । अरु बहुमत पदमा भने अनेरास्ववियु निर्वाचित भएको छ ।

भुसालले सभापतिमा २ सय ६४ मत प्राप्त गरे भने नेविसंघका खिमालाल कंडेलले २१५ र अनेरास्ववियुका आधिकारिक उम्मेदवार दशरथ सुवेदीले १२३ मत मात्र प्राप्त गरे ।

त्यसैगरी सचिवमा राजन पौडेल विजयी भएका छन् । उनले ३ सय १३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी आयुष ढकालले २४७ मत प्राप्त गरे । त्यसैगरी कोषाध्यक्षमा यामकला पौडेल विजयी भएका छन् ।

सदस्यहरुमा सुशान्त पोख्रेल, विक्रम पाण्डे, प्रज्जवल भुजेल, चिरञ्जीवि राना, बर्षा सुवेदी, सविता पाण्डे, मञ्जु काफ्ले विजयी भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%५%२%४%

प्रतिक्रिया दिनुहोस