२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरको कुमारवर्ती क्याम्पसमा नेविसंघको प्यानल विजयी

२०७९ चैत्र ५, आईतबार प्रकाशित ( साल अघि) ४३८ पाठक संख्या

कावासोती ।  पूर्वी नवलपरासीको सबैभन्दा जेठो कुमारवर्ती बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा भारी मतान्तरले नेविसंघको प्यानल विजयी भएको छ । सभापतिमा नेविसंघका सुदिप चापागाईं, सचिवमा कुमार सिंजाली मगर, कोषाध्यक्ष वर्षा खरेल निर्वाचित भएका छन् ।

चापागाईंले २ सय २९ मत ल्याउँदा प्रतिस्पर्धी अनेरास्ववियुका गौरव अधिकारीले ३९ मत पाए । यहाँ नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त प्यानल बनाएर चुनावमा होमिएका थिए । निर्वाचन समितिका अनुसार यहाँ विजयी टिमले दुई तिहाईभन्दा बढी मत ल्याएको छ ।  सदस्यहरुमा सिर्जना श्रेष्ठ, कृष्ण रिजाल, अखिल (क्रान्तिकारी) की लोकमाया दर्लामी विजयी भएका छन् ।

कावासोतीकै मध्यबिन्दु बहुमुखी क्याम्पस र देवचुली क्याम्पस रजहरमा मतगणना जारी छ । यसअघि नै तीनवटा क्याम्पसमा निर्विरोध समिति चयन भैसकेको छ । कालिका बिद्यापिठ, एसपिएम कलेज गैंडाकोटमा नेविसंघको प्यानलनै निर्विरोध भैसकेको छ भने अरुणखोला बहुमुखी क्याम्पसमा गोला तानेर निर्वाचन परिणाम घोषणा गरिएको हो ।

नवजागरण बहुमुखी क्याम्पसमा स्थगित

विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद भएको चोरमारास्थित नवजागरण बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएको छ । नेविसंघले नयाँ विद्यार्थी भर्ना गरेको आरोप लगाउँदै एमाले निकट अखिलले क्याम्पसमा तालाबन्दी गरेकाले निर्वाचन हुन नसकेको हो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस