२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा लागूऔषध सहित २ जना पक्राउ

२०७९ चैत्र ४, शनिबार प्रकाशित ( साल अघि) ४५६ पाठक संख्या

कावासोती । नवलपुर प्रहरीले लागूऔषध सहित बिहीबार दुई जनालाई दाउन्नेबाट पक्राउ गरेको छ ।

विनयी त्रिवेणी गाउँपालिका २, दाउन्नेमा चेकजाच गर्न खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा चितवन कालिका – ७, पदमपुर बस्ने बर्ष २५ का कमल चौधरी र सोही स्थानबस्ने  बर्ष २३ का गोपी चौधरी रहेका छन् ।

पश्चिमबाट पूर्वका लागि छुटेको ना ७ ख २२७ नम्बरको बसमा चेकजाँच गर्दा लागूऔषध सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक विकास अधिकारीले बताउनुभयो ।  उनीहरूको साथबाट प्रहरीले प्रतिबन्धित लागूऔषध फेनारागान १२३ एम्पुल , नोर्फिन १२३ एमपुल , डाइजापाम १२३ एम्पुल गरि जम्मा ३६९ एम्पुल लागूऔषध बरामद गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस