२०८१ श्रावण १२, शनिबार
नयाँ
पछिला अपडेट

स्थानीय सरकारको योजनामा अपाङ्गताभएका महिलाहरूको सवाल सम्बोधन गर्न माग

२०७९ चैत्र ४, शनिबार प्रकाशित ( साल अघि) ४४९ पाठक संख्या

काठमाडौं । नेपाल अपांग महिला संघले स्थानीय सरकार समक्ष आर्थिक वर्ष २०८०÷ ०८१ को नीति तथा कार्यक्रम योजनामा अपाङ्गताभएका महिलाहरूको सवाल सम्बोधन गर्न माग गरेको छ । शुक्रवार काठमाण्डौमा भएको एक कार्यक्रमको बिच नेपाल अपांग महिला संघका पदाधिकारीहरूले काठमाडौं महानगरपालिकाका वडाहरूका प्रतिनिधिहरू समक्ष अपाङ्गता भएका महिलाहरूको सवाल सम्बोधन गर्न माग गदै सबै वडाहरूमा अपांगता भएका व्यक्तिहरूको आकडा संकलन गरी उनीहरूको पहिचानको लागि अपाङ्ग परिचयपत्रको साथै सीपमूलक तालिमहरू ल्याउनु पर्ने माग गरको थियो ।

कार्यक्रममा बोल्दै काठमाण्डु महानगरपालिका समाजिक विकास विभागकी भवानी कपालीले अपाङ्गता भएका महिलाहरूको सवाल सम्बोधन सबैको सरोकारको विषय भएकोले सबै यसबारेमा बोल्नु पर्ने बताउनु भयो । कपालीले वडाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको सवालमा अभिभुखिकरण आवश्यक रहेको जिकिर गर्दै अपाङ्गता भएका महिलालाई सीपमूलक तालिम मात्रै नभई उत्पादन गरिएका समानको बजारीकरण को व्यवस्था पनि गर्नु पर्ने बताउनु भयो ।

यसैगरी कामनपा वार्ड ९ का सदस्य टेकराज अधिकारीले अपाङ्गता भएका व्यक्तिहरूको सवालमा स्थानीय सरकार सचेत रहेको र भौतिक निर्माणमा अपाङ्गता मैत्री पूर्वाधारहरू तयार पारेको बताउनु भयो । यसैगरी अपाङ्ग भएकै कारण अध्ययनबाट बञ्चित बालबालिकाहरूलाई शिक्षा र स्वास्थ्यमा निःशुल्क सेवा दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा कामनपा वार्ड १० कि महिला सदस्य मिना श्रेष्ठले, अटिजम भएका बालबालिकाहरूलाई राख्न गाह्रो हुने र अपाङ्गता भएका व्यक्ति भन्ने बित्तिकै उनीहरूलाई कार्ड दिएर पन्छाउने काम मात्रै भैरहेको गुनासे गर्नु भयो । यसको लागि काठमाण्डु महानगरपालिकाले ठोस नीति नै ल्याउनु पर्ने श्रेष्ठको भनाई रहेको थियो । यसैगरी वार्ड १४ कि महिला सदस्य शोभा खड्काले अपाङ्ग भएका व्यक्तिहरूको कार्ड हराएको समस्या लिएर आउने गुनासो गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घकी उपाध्यक्ष अनिता घिमिरेले अपाङ्गताको नाउँमा एउटै व्यक्तिले कागजपत्र मिलाएर ल्याएको आधारमा स्थानीय सरकारले त्यस व्यक्ति र संस्थाको अनुगमन गरेर मात्र कार्यक्रम दिनु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाल अपाङ्ग महिला सङ्घकी अध्यक्ष टीका दाहालले,“ स्थानीय सरकारलाई आफ्नो क्षेत्रको विषयमा कानुन बनाउने पूर्ण अधिकार भएकोले अब बन्ने नीति तथा कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारीको पनि व्यवस्था गर्नु” पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेपाल अपाङ्ग महिला संघका सल्लाहकार तथा अधिवक्ता मुकुन्द दाहालले अपाङ्गता भएका व्यक्तिहरू पनि नागरिक हुन, तपाईँहरूलाई भोट दिएर जिताउने मतदाता पनि यिनै हुन । स्थानीय सरकार समक्ष सहकार्य गरेर काम गर्न इच्छुक रहेका छौ बताउनु भयो । कार्यक्रममा काठमाण्डु महानगरपालिकाको ९, १०, १४, १६, २९ का कार्यपालिका सदस्य तथा सदस्यहरूको उपस्थिति रहेको थियो । स्थानीय तहमा समावेश गरिनु पर्ने अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु

PDF Disability Women

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस