२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुको रतनपुरमा निशुल्क स्वास्थ्य शिविर

२०७९ चैत्र ३, शुक्रबार प्रकाशित ( साल अघि) ५३८ पाठक संख्या

कोल्हुवा । मध्यविन्दुको रतनपुरमा निशुल्क स्वास्थ्य शिविरबाट ३८ जनाले स्वास्थ्य लाभ लिएका छन् । सुद्वढ जोखिम व्यवस्थापन तथा समावेशी आर्थिक सामाजीक विकास मार्फत समुदायको उत्थानशिल्ता अभिवृद्घि परियोजना अन्तर्गत मध्यविन्दु – ३ को रतनपुरमा आज घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम फुलबारी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजना एवं एयसवि ( ASB ) , रिड नेपाल सहकार्यमा विषेश गरी फरक क्षमता भएका ज्येष्ठ नागरिकलाई निःशुल्क घरदैलोबाट स्वास्थ्य सेवा प्रदान गरेको छ । यसरी सेवा पाउदा स्थानीय निकै खुशी भएका थिए ।

IMG 20230317 WA0044

स्वास्थ परिक्षण नवलपुर स्वास्थ चौकीका स्वास्थकर्मी यम नारायण थनेतले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकर तथा व्यवस्थापन रन्जिता कुमाल, हेमकुमारी महतोले गर्नु भएको हो ।

IMG 20230317 WA0041

कार्यक्रम संयाेजक काशीराम पाठक , काेषाध्यक्ष तुलसा पाठक समाजसेवि ओमनारायण महतो , विभिन्न संघसंस्थाका पदाधिकारी ,समाजसेवि ,स्थानीयहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

फुलबारी सामुदायिक पुस्ताकालयका अध्यक्ष जुगत राम थनेतको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य योगमान धामी प्रमुख अतिथी रहनुभएको थियो । उहाँले यसरी निशुल्लक स्वस्थ्य परिक्षण गराउन देखी विभिन्न किसिमको सामाजिक काममा यस संस्थाले गरेको कार्यक्रम प्रति खुशी व्यक्त गर्नुभयो ।

IMG 20230317 WA0053

उहाँले समाज सेवा तथा विकासका कार्यहरुमा सबैको साथसहयोग आवश्यक पर्ने हुदा सबैको सहकार्यको अतन्त जरुरी रहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस