२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु – २ कोल्हुवामा वडास्तरीय भलिबल प्रतियोगिता

२०७९ चैत्र २, बिहिबार प्रकाशित ( साल अघि) ६३७ पाठक संख्या

कोल्हुवा । मध्यविन्दु नगर खेलकुद विकास समितिको आयोजनामा मध्यविन्दु–२ कोल्हुवामा वडा स्तरीय भलिवल प्रतियोगिता शुरु भएको छ । मध्यबिन्दु नगरपालिका नगरप्रमुख भिमलाल अधिकारीले उद्घाटन गर्नुभएको सो प्रतियोगिता २०७९ चैत २ देखि ४ गते सम्म चल्नेछ ।

उद्घाटन कार्यक्रममा सम्वोधन गर्दे प्रमुख अतिथी नगरप्रमुख भीमलाल अधिकारीले सानो उमेर देखिनै खेल क्षेत्रलाई प्रथामिक्ता दिदै गए राम्रो खेलाडि उत्पादनमा टेवा पुग्ने भन्दै आगामी दिनमा नगरले छुट्टै योजना सहित कार्यक्रमको सञ्चालन गर्ने बताउनुभयो ।

नगरका खेलकुद विकास समितिका अध्यक्ष मेघराज पान्डेको अध्यक्षता भएको कार्यक्रममा खेलकुद विकास समितिका सदस्य दर्शन राज अमात्यले स्वागत मन्तव्य राखनु भएको हो । नगरका खेलकुद विकास समितिका सदस्य सचिप हिमाल सिङ ठकुरीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा वडा नं १ का वडाध्यक्ष तिलक राम न्यौपाने, २ का रामभक्त अधिकारी , ४ का डिल्ली राम थारु , विभिन्न संघ संस्थाका प्रमुख तथा पदाधीकारी, समाजसेवि खेलाडि तथा खेलप्रेमीहरुको उपस्थीति रहेको थियो ।

त्यस्तै खेलमा प्रथम हुनेलाई ३५ हजार सहित कप, मेडल र प्रमाणपत्र, द्धितिय हुनेलाई २० हजार, कप , मेडल र प्रमाणपत्र र तृतीय हुनेलाई १० हजार सहित कप, मेडल र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ । त्यस्तै महिलातर्फ खेलमा प्रथम हुनेलाई २० हजार सहित मेडल र प्रमाणपत्र, द्धितिय हुनेलाई १० हजार, मेडल र प्रमाणपत्र , सान्त्वना ५ हजार नगद कप, मेडल, प्रमाणपत्र दिईनेछ । त्यसैगरी विभिन्न विद्याका उत्कृष्ट पुरुष तथा महिला ३/३ जना खेलाडीलाई कप, मेडल, प्रमाणपत्र बाट सम्मानित गरिनेछ । प्रतियोगीतामा पुरुष तर्फ १२ र महिला तर्फ ७ गरी १९ टिम सहभागी रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस