२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोती सडक खण्ड चिरिच्याट्ट बन्दै

२०७९ चैत्र २, बिहिबार प्रकाशित ( साल अघि) ३२७३ पाठक संख्या

नारायण शर्मा

पूर्वीनवलपरासी — निर्माणाधीन महेन्द्र राजमार्गअन्तर्गत कावासोतीको जंगलक्षेत्रमा कालोपत्र सुरु भएको छ । बुधबार कावासोती र लोकाहा बीचको जंगल क्षेत्रमा ५ सय मिटर पक्की सडक निर्माण भएको हो । हाल पक्की बनाइएको सडक साढे ७ मिटर फराकिलो छ ।

जंगलक्षेत्रमा कावासोतीवाट पूर्वलोकाहा तर्फको ५ सय मिटर पक्की सडक निर्माण भएको हो । सडकका कन्सल्ट्यान्ट इन्जिनियर राकेश झाले लगातार पक्की सडक निर्माणको काम जारी रहने र एक साताभित्र करिब ४ किलोमिटर सडक कालोपत्र गरिसक्ने जानकारी दिए । राजमार्गको उत्तर तर्फको साढे ७ मिटर फराकिलो सडकमात्र पहिलो चरणमा पिच गरिएको हो । सदरमुकाम कावासोती क्षेत्रमा चाँडै पिच गर्ने लक्ष्यअनुसार धमाधम काम भइरहेको छ । बुधबार गरिएको पिच ६ सेन्टिमिटर बाक्लो छ ।

दोस्रो चरणमा (आगामी तीन साताभित्र) त्यसमाथि थप ४ सेन्टिमिटर बाक्लो पिच थपिने इन्जिनियर झा बताउँछन् । यसअघि ठेकेदार कम्पनीले हर्कपुरदेखि पूर्व भेडाबारीसम्मको क्षेत्रमा करिब एक किलोमिटर खण्ड परीक्षण पिच गरेको थियो ।

बुधबार चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन र कावासोती नगरपालिकाबीच थप ३४ हजार घनमिटर ग्राभेल खरिदको सम्झौता सम्पन्न भएको छ । लोकाहादेखि पश्चिम केरुंगेखोलासम्मको क्षेत्र पिच गर्न थप एक लाख घनमिटर ग्राभेल आवश्यक पर्छ । नगरपालिकाले प्रतिक्युफिट ८ रुपैयाँका दरले चिनियाँ ठेकेदार कम्पनीलाई ग्राभल बेचेको हो । बजार क्षेत्रमा ६ लेनको सडक निर्माण हुने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१८%१५%३%२%२%७%

प्रतिक्रिया दिनुहोस