२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पुरुष मृत अवस्थामा फेला

२०७९ फागुन २९, सोमबार प्रकाशित ( साल अघि) ५८३२ पाठक संख्या

कावासोती । नवलपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको मध्यबिन्दु नगरपालिका – ७ विजय सामुदायिक वनमा उनी मृत अवस्थामा फेला परेका हुन।

हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरूष आईतबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१५%२%६%५%४३%१%

प्रतिक्रिया दिनुहोस