२०८२ श्रावण २०, मंगलबार
नयाँ
पछिला अपडेट

शीतलनिवासबाट बिदा भइन् निवर्तमान राष्ट्रपति भण्डारी

२०७९ फागुन २९, सोमबार प्रकाशित ( साल अघि) ५२१ पाठक संख्या

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो दुई कार्यकाल पूरा गरी शीतलनिवासबाट बिदा भएकी छन् । सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएपछि भण्डारी शीतलनिवासबाट बिदा भएकी हुन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका तर्फबाट उपहार प्रदान गरे । राष्ट्रपति पौडेलले गाडीनजिकै पुगेर बिदाइ गरे ।

निजी निवासमा मर्मतको काम बाँकी रहेकाले तत्कालका लागि भण्डारी काठमाडौंको महाराजगन्जस्थित छोरीको घरमा बस्नेछिन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस