२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा गैडा मृत अवस्थामा भेटियो

२०७९ फागुन २५, बिहिबार प्रकाशित ( साल अघि) ४६२८ पाठक संख्या

कावासोती । नवलपुरको सेहरीस्थित पोस्टनजिक कै एउटा भाले गैडा मृत अवस्थामा भेटिएको छ ।

निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जभित्र बुधबार बिहान साढे ९ बजेतिर गस्तीमा रहेको टोलीले अन्दाजी २० वर्षको गैंडा मृत अवस्थामा फेला परेको हो ।

निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने अमलटारी सेक्टरको सेहरी पोस्टनजिक गैंडा मृत भेटिएको तिवारीले बताए । गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । घटनास्थलको अवस्था हेर्दा आपसमा जुधेका कारण गैंडा मरेको देखिन सक्ने तिवारीले जनाएका छन् ।

यो सहित चालू आर्थिक वर्षमा चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १३ गैंडाको मृत्यु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%१%१२%३८%६%

प्रतिक्रिया दिनुहोस