२०८३ श्रावण २९, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरको नारायणी किनारमा एक जनाको शव भेटियो

२०७९ फागुन २४, बुधबार प्रकाशित ( साल अघि) ३३२४ पाठक संख्या

कावासोती । नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका वडा नम्बर १५ स्थित बाघखोर गाउँदेखि केही तल नदी किनारमा अन्दाजी ४५ वर्षीया एक महिलाको शव भेटिएको हो।

महिलाको शव देखेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए । शव धेरै दिन पुरानो भएका कारण सडेको स्थानीयहरू बताउँछन्।

जसकारण शव पहिचान गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ । बुधबार प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा पठाएको छ । साथै घटनाबारे अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%३%१%१५%१%

प्रतिक्रिया दिनुहोस