२०८२ श्रावण २०, मंगलबार
नयाँ
पछिला अपडेट

१४ महिनामा ६ हात्ती मारिए निकुञ्जभित्रै

२०७९ फागुन २२, सोमबार प्रकाशित ( साल अघि) १२३८ पाठक संख्या

तान्जानियामा पछिल्लो १४ महिनाको अवधिमा ६ वटा हात्ती मारिएका छन् । ती हात्ती चोरी शिकारी गर्ने उद्देश्यले शिकारीहरुले मारेको त्यहाँको प्रहरीले आशंका गरेको छ ।

ती शिकारीले हात्तीलगायत वन्यजन्तुको चोरी शिकारीको क्रममा प्रयोग गरेका एउटा सवारी साधन र केही हतियारसमेत प्राप्त भएको छ ।’छ वटै हात्ती स्थानीय रुआहा राष्ट्रिय निकुञ्जभित्र अघिल्लो वर्षको जनवरीदेखि यो वर्षको फेब्रुअरीसम्म मारिएका हुन् ।उक्त निकुञ्जका सहायक संरक्षण आयुक्त गडवेल वोले मेइङाटाकीले भने, ‘केही शिकारीलाई फेब्रुअरी २८ तारिखका दिन पक्रेपछि उक्त रहस्य खुलेको हो । केही शिकारीलाई पक्राउ गरेपछि प्रहरीले ती सबै हात्ती उनीहरुकै हातबाट मारिएको आशंका गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस