२०८३ बैशाख २३, बुधबार
नयाँ
पछिला अपडेट

विकासका लागि तिनै तहको सरकार बिच सहकार्य आवश्यक; सांसद कार्की

२०७९ फागुन १९, शुक्रबार प्रकाशित ( साल अघि) ८६८ पाठक संख्या

मध्यबिन्दु । सांसद बिष्णु कुमार कार्किले विकासका लागि तिनै तहका सरकार बिच सहकार्य आवश्यक रहेको बताएका छन ।

नबजागरण बहुमुखी क्याम्पस मध्यबिन्दु चोरमाराको १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै नवलपुर २ बाट निर्वाचित सांसद कार्कीले तिनै तहका सरकारले प्राथमिकताका आधारमा निति तथा कार्यक्रम ल्याउनुपर्ने बताउँदै विकासका लागि तिनै तहका सरकार बिच सहकार्य आवश्यक रहेको बताएका हुन ।

शैक्षिक लगाएत अन्य सामाजिक संघ संस्थामा राजनैतिक ढंगले नसोची एकता र सहमतिको सुत्रमा अगाडि बढ्नुपर्ने बताएका कार्कीले समाज रुपान्तरणको सन्दर्भमा आफू सबै क्षेत्रका अगुवा संग छलफलका लागि तयार रहेको बताए ।

IMG 20230303 WA0001

कार्यक्रमलाई सम्बोधन गर्दै कार्किले देश चरम आर्थिक संकटमा रहेकाले तिनै तहका जनप्रतिनिधिले आफ्नो पारिश्रमिकको आधी रकम राज्यलाई फिर्ता गर्नुपर्ने बताएका थिए ।नवजागरण बहुमुखी क्याम्पसको प्रधान संरक्षक समेत रहेका सांसद कार्कीले समाजका सबै बिचार समुहलाई जोडेर प्राबिधिक शिक्षा संचालनमा जोड दिन क्याम्पस प्रशासनलाई सुझाए ।

क्याम्पस संचालक समितिका अध्यक्ष चन्द्र बहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पसका चन्दादाता र विभिन्न प्रतिस्पर्धामा सहभागी बिध्यार्थीलाई सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस