२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

शोभा यात्रासहित प्रथम मध्यविन्दु महोत्सव सुरु

२०७९ फागुन १८, बिहिबार प्रकाशित ( साल अघि) ८४७ पाठक संख्या

चोरमारा ।  नवलपुरको चोरमारामा आजदेखी प्रथम मध्यविन्दु कृषि, पर्यटन, व्यापारिक तथासाँ स्कृतिक महोत्सव सुरु भएको छ ।

घरेलु तथा साना उद्योग महासंघ मध्यविन्दु, चोरमारा युवा क्लव र लोहासेधारा युवा क्लवले संयुक्त रुपमा आजदेखि मध्यविन्दु नगरपालिका ७ स्थित नवजागरण प्रा।वि।को पूरानो भवनको मैदानमा “प्रथम मध्यविन्दु कृषि , पर्यटन , व्यापारीक तथा साँस्कृतिक महोत्सब २०७९” बिहिवार देखि सुरु भएको हो ।

IMG 20230302 WA0031

शोभा यात्रा सम्पन्न गरी महोत्सवको उद्घाटन गरिएको छ । शोभा यात्रामा विभिन्न संघसंस्थाका व्यानरसहित हजारौँको सहभागिता रहेको जनाइएको छ । “मध्यविन्दु समृद्धिको मुख्य आधार, संस्कृति संरक्षण तथा पर्यटन विकासमा पुर्वाधार” मूल मन्त्रसहित सुरु भएको महोत्सवको शोभा यात्रा सुरु गरिएको थियो ।

IMG 20230302 WA0028जिल्ला र संघलाई देशैभर चिनाउन यस पटक विशेष आकर्षणहरु थपिएको जनाइएको छ । विशेष गरी स्थानीय उत्पादनलाई जोड दिइएको महोत्सवमा १ सय भन्दा बढी स्टल राखिएको छ ।  महोत्सवको यसै मध्यविन्दु नगरपालिकाका  नगरप्रमुख भीमलाल अधिकारीले उद्घाटन  गर्नुभयोे ।

IMG 20230302 WA0034

मध्यविन्दुलाई कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सुचना प्रविधि र औद्योगिक क्षेत्रका रुपमा परिचित गराउँदै यस क्षेत्रका धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र जैविक विविधता तथा विभिन्न जातजातीहरुको मौलिक खानाको संरक्षण, सम्वर्द्धन तथा प्रचार प्रसार गरी सम्रग आर्थिक विकास गर्न कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सुचना प्रविधि, उद्योग र व्यापारको प्रवर्द्धन गर्दै स्थानीय उत्पादनहरुको पहिचानलाई विशेष जोड दिई सुरु भएको महोत्सवमा दैनिक राष्ट्रिय चर्चित कलाकारहरुको प्रस्तुतीसँगै टिकटक प्रतियोगिता, मम्मी डान्स, डान्स आईडल सहित विभिन्न खेलकुद आदि रहेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस