२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु  

२०७९ फागुन १४, आईतबार प्रकाशित ( साल अघि) ११९९ पाठक संख्या

कावासोती । पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

प्रतापपुर गाउँपालिका- ३ गिद्दाहा टोलमा लु.८६ प ३३३७ नम्बरको मोटरसाइकल शुक्रबार राति अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने २० वर्षीय करण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शहीद स्मृति सामुदायिक अस्पताल चौपत्ता हुँदै लुम्बिनी सिटी अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%३%२%

प्रतिक्रिया दिनुहोस