२०८२ श्रावण २, शुक्रबार
नयाँ
पछिला अपडेट

पशु चिकित्सक तथा प्राविधिकहरु बीच गिद्ध संरक्षण कार्यक्रम सम्पन्न

२०७९ फागुन १३, शनिबार प्रकाशित ( साल अघि) ४७७ पाठक संख्या

नवलपुर । पशु  चिकित्सक तथा प्राविधिकहरु बीच गिद्ध संरक्षण सम्बन्धि सचेतना कार्यक्रम नवलपुरमा सम्पन्न भएको छ ।

संसारबाट लोपोन्मुख अवस्थामा रहेको गिद्धलाई हानिकारक हुने औषधीको बारेमा जानकारी साथै गिद्ध संरक्षणका बारेमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा लोपोन्मुख गिद्ध प्रजाती तथा सम्पुर्ण पारिस्थिीतिकीय प्रणाली संरक्षणका लागि  पशु  उपचारमा प्रयोग हुने पिडानाशक औषधी डाइक्लोफेनेक बाहेक अन्य औषधि , किटोप्रोकेन फ्लुनिक्सीन , कारप्रोफेन , निमेसुलाइड जस्ता औषधी हानिकारक रहेको विभिन्न अध्यनबाट प्रमाणित भएको पशु चिकित्सकहरुलाई जानकारी गराईएको छ ।

FB_IMG_1677326788767

पशु चौपायहरु उपचार गर्दा गलत औषधी प्रयोग गरिएको सिनो गिद्धले खादा उनिहरुको मृत्यु हुने कुरा प्रमाणीत भएको छ । गलत औषधीको सट्टा पशु चौपायको उपचारका लागि पिडानाशक औषधी मेलेक्सिक्याम र टोल्फेनामिक एसिड प्रयोग गर्न सुझाव दिइएको छ ।

नेपाल पंक्षी संरक्षण संघ , जटायु रेष्टुरेण्ड व्यवस्थापन समितीको संयुक्त आयोजना तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका समन्वय तथा प्राविधिक सहयोगमा नवलपुर जिल्लाका पशु  चिकित्सकहरुलाई गिद्ध संरक्षण सम्बन्धी, कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

प्रकृतीका कुचिकार गिद्धहरुको संरक्षणका लागि जटायु रेष्टुरेण्टले विगत १६ वर्ष देखि दुर्लभ गिद्ध तथा दिगो जैविकविधितता संरक्षण , पर्यापर्यटन विस्तार तथा स्थानिय बासिन्दाहरुको दिगो जिविकोपार्जन सम्बधि कार्यक्रम गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस