२०८२ पौष २९, मंगलबार
नयाँ
पछिला अपडेट

प्रजातन्त्र दिवसमा नेबि संघ नवलपुरद्वारा फलफुल बितरण

२०७९ फागुन ७, आईतबार प्रकाशित ( साल अघि) ८६२ पाठक संख्या

कावासोती ।  नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमितीद्वारा प्रजातन्त्र दिवसको अवसरमा जिल्ला अस्पतालका विरामीलाई फलफुल बितरण गरेको छ ।

७३औं प्रजातन्त्र दिवसको दिन आईतबार बिहान बिद्यार्थी संघले जिल्ला अस्पताल मध्यविन्दुका बिरामीलाई फलफुल बितरण गरेको हो ।

अस्पतालमा उपचारार्थ भर्ना भएका २५ जना बिरामीलाई फलफुल बितरण गरिएको ने.बि सङ्घका जिल्ला अध्यक्ष हरि सुवेदीले जानकारी दिनुभयो। बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरणको कार्यक्रम गरिएको सुवेदीले बताउनभुयो ।

FB_IMG_1676835110131

बोल्ने क्रममा सुवेदीले देशलाई अनेक परिस्थितिमा अप्ठ्यारो परेका बेलामा बिधार्थीको हकहित संगै देशलाई निकास दिन लोकतान्त्रिक आन्दोलन मार्फत लोकतान्त्रिक ब्यबस्थापन कायमगर्न संगठन रहेको बताउनुभयो।

FB_IMG_1676835100980

नेपाल विद्यार्थी संघ नवलपुरका अध्यक्ष हरि सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेशका महामन्त्री बिष्णु प्रसाद लामिछाने ,नेपाली काङ्ग्रेस जिल्ला सचिब महेन्द्र पोख्रेल ,जिल्ला सचिब होमराज रानाभाट,जिल्ला सहसचिब उदय अर्याल लगाएत नेपाली काङ्ग्रेसका नेता गण साथै ने.बि  संघ जिल्ला कमिटीको उपस्थिति रहेको थियो ।

FB_IMG_1676835103751

त्यस्तै कार्यक्रममा आफ्नो मन्तब्य राख्दै महामन्त्री लामिछानेले नेपाल लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र स्थापना गर्ने नेपाली कांग्रेस संगै यस्को भातृ सस्था ने.बि संघले पुर्याएको योगदान नेपाली इतिहासमामा कहिले नमेटिने बताउनु भएको थियो । नेपाली काङ्ग्रेसको भातृ संस्थाको रुपमा नेविसंघले काम गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस