२०८३ श्रावण १७, आईतबार
नयाँ
पछिला अपडेट

सामुदायिक वनमा मृत गैंडा भेटियो

२०७९ फागुन ६, शनिबार प्रकाशित ( साल अघि) ५०९९ पाठक संख्या

चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं: ११ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रको भेल्लरको झाडीमा गैंडाको अवषेश फेला परेको छ ।डिजिजन बन कार्यालय चितवनका सूचना अधिकारी वालकृष्ण खनालका अनुसार चर्तुमुखी समुदायिक वनको सिमा क्षेत्रमा खगेडी खोलाको नजिकै अन्दाजी ८ देखि १० वर्षको मृत गैंडाको अवषेश भेटिएको हो ।

चर्तूमुखी सामुदायिक वनका हेरालुहरुले मृत गैंडाको अवषेश भेटिएको सूचना दिएपछि घटनास्थलमा जाँदा गैंडाको खप्पर, केही खुट्टाको भाग र हड्डीसहित खाग र खुर भेटिएको सूचना अधिकारी खनालले जानकारी दिए ।

गैंडा अन्दाजी ३ महिना अगाडि मरेको हुनसक्ने पशु चिकित्सकको टोलीले जनाएको छ । गैंडाको मृत्यको कारण खुल्न सकेको छैन । पोष्टमार्टमका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पठाइएको सूचना अधिकारी खनालले जानकारी दिए । ‘घना झाडी भएको ठाउँ रहेछ, मानिसहरु निकै मुस्किलले मात्रै जान सक्ने अवस्था छ’ सूचना अधिकारी खनालले भने, ‘गस्ती पनि भएन होला, त्यसैले लामो समयसम्म थाहा हुन सकेन ।’

विश्वकै दुर्लभ एक सिङ्गे चितवन राष्ट्रिय निकुञ्ज र यहाँका सामुदायिक तथा मध्यवर्ती क्षेत्रमा पाइने गरिन्छ । चालु बर्षमा निकुञ्ज क्षेत्रमा ११ बटा गैंडा मरिसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%६%५%४५%६%

प्रतिक्रिया दिनुहोस