२०८२ श्रावण ३, शनिबार
नयाँ
पछिला अपडेट

चैते धानको क्षेत्रफल बढ्दो

२०७९ फागुन ५, शुक्रबार प्रकाशित ( साल अघि) ७६२ पाठक संख्या

चितवन । जिल्लामा चैते धान लगाउने क्षेत्रफल बढेको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल बढेको हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा ७ हजार ५७३ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएकोमा यस वर्ष ७ हजार ८ सय हेक्टर पुगेको हो ।

कार्यालयका सूचना अधिकारी मिन वहादुर पुनका अनुसार जिल्लाको भरतपुर महानगरपालिकाका केही क्षेत्र, खैरहनी र माडी नगरपालिकामा चैते धान खेती हुँदै आएको छ । भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकामा ६ हजार ४ सय हेक्टर क्षेत्रफल र माडी नगरपालिकामा १ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ ।

जिल्लमा हर्दिनाथ हाइब्रिड १ र चैते ५ उन्नत जातको धान खेती गरिदैं आइएको छ । हर्दीनाथ हाइव्रिड जिल्लाको २५ प्रतिशत क्षेत्रमा लगाईने गरेको उहाँले बताउनुभयो । चैते धानमा सरकारको सहयोग हुनु र प्रयाप्त सिचाईका कारण क्षेत्रफल बढेको उहाँले जानकारी दिनुभयो । ज्ञान केन्द्रले चैते धान प्रबर्धन कार्यक्रम अन्तर्गत २५० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ ।

उहाँले भन्नुभयो “चैते धान प्रबर्धनका लागि राज्यको सहयोग हुनुले यसको क्षेत्रफल बढेको हो ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस