२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

विन्देश्वरी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लीलानाथ पोख्रेल

२०७९ माघ २६, बिहिबार प्रकाशित ( साल अघि) ५८१ पाठक संख्या

चोरमारा । विन्देश्वरी नमुना आधारभूत विद्यालय मध्यविन्दु वडा नं: ५ बाघखोरका विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लीलानाथ पोख्रेल निर्विरोध निर्वाचित हुनुभएको छ । मध्यविन्दु वडा नं: ५ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिको उपस्थितिमा सम्पन्न अविभावकहरुको भेलाले उनलाई निर्विरोध निर्वाचन गरेका हुन् ।

विहिबार एक कार्यक्रमका बिच जित बहादुर थापाको अध्यक्षतामा ८ सदस्यीय सहित नयाँ विद्यालय व्यवस्थापन समितिको गठन गरिएको हो । अध्यक्षमा लिलानाथ पोखरेल चयन हुनुभएको छ भने सदस्यहरुमा कला ढकाल,वडा अध्यक्ष गणेश प्रसाद पाठक, तारा कुवर , बन्दना सि.ठकुरी, रेशम भण्डारी , कल्पना पोखरेल र नविना थापा मगर चयन भएका छन् ।

 

त्यस्तै सोही भेलाले शिक्षक अभिभावक संघ पनी गठ्न गरेको छ । जस्मा अध्यक्षमा प्रकाश अर्याल ,सदस्यहरुमा कृष्ण कुमारी खत्री , बसन्ती परियार, जित बहादुर नेपाली , गगां बहादुर सि.ठ, तिर्सना परियार , बालकुमारी तिमिल्सिना चयन भएका हुन् ।

IMG 20230209 WA0007

विद्यालयका प्रधानाध्यापक कल्पना पोखरेलले निर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिईन् । उनले विद्यालयलाई अझ व्यवस्थित बनाउँदै लगिने र नगरकै उत्कृष्ट विद्यालय बनाउन लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

कर्यक्रममा वडा अध्यक्ष गणेश प्रसाद पाठकको प्रमुख अतित्यथा रहेको थियो भने कुमारवर्ति माध्यमिक  विद्यालयका प्रध्यानाध्यापन जनक कुमार केसि , सेतापानी खानेपानी उपभोत्ता संस्थाका अध्यक्ष उदयराज अर्याल, कुलराम महतो , प्रकाश परियार , बलबहादुर केसी वडासदस्य, समाजसेवि बुद्धिजीवी लगायत अभिभावहरुको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको थियो ।

FB_IMG_1675980764847

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस