२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पाँच विद्यार्थी संगठनले गरे स्ववियु निर्वाचनको माग

२०७९ माघ २६, बिहिबार प्रकाशित ( साल अघि) ५५० पाठक संख्या

कावासोती । पाँच विद्यार्थी संगठनले नवलपुरका ११ वटा क्याम्पस–कलेजमा स्ववियू निर्वाचन माग गरेका छन् । बुधवार कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यार्थी संगठनका जिल्ला नेताले चैत ५ गते हुने स्ववियू निर्वाचनमा जिल्लाभित्र रहेका मापदण्ड पुगेका ११ वटा क्याम्पस–कलेजमा निर्वाचन हुने वातावरण सिर्जना गराउनुपर्ने माग गरेका हुन् ।

यसअघि जिल्लाका २ वटा क्याम्पसमा मात्रै स्ववियू निर्वाचन भएको तर अन्य क्याम्पसमा स्ववियू स्थापित हुन नसक्दा ति शैक्षिक संस्थामा विद्यार्थी हकहितका सवालमा हुनुपर्ने सन्दर्भहरु उठ्न नसक्दा विद्यार्थीका समस्याले प्राथमिकता नपाउने गरेको विद्यार्थी नेताहरुको भनाई छ । पहिलो चरणमा स्ववियू निर्वाचन माग गरिएका क्याम्पसमा ध्यानाकर्षण गराउने र निर्वाचन प्रक्रियाको सम्वन्धन लिन आग्रह गरिने नेपाल विद्यार्थी संघ नवलपुरका अध्यक्ष हरि सुवेदीले बताए । स्ववियू सवै विद्यार्थीको साझा संस्था भएकाले जिल्लामा क्रियाशील सवै विद्यार्थी संगठन एउटै मञ्चमा उभिएर साझा धारणा वनाईएको नेविसंघका सुदिप चापागाईले स्पष्ट पारे ।

कोरोना महामारी लगायत विभिन्न कारणले लामो समयसम्म निर्वाचन नभएर रिक्त बन्दा विद्यार्थीका साझा मुद्धा ओझेलमा परेको वताउँदै स्ववियू निर्वाचनको घोषणापछि विद्यार्थी संगठन र विद्यार्थी वर्ग समेत उत्साहित बनेका अनेरास्ववियु जिल्ला कार्यवाहक अध्यक्ष सुगम सापकोटाको भनाई थियो ।

अनेरास्ववियू जिल्ला अध्यक्ष मदन गिरीले पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति बाचन गर्ने क्रममा गैंडाकोटका जनक कलेज, एसपिएम कलेज, कालिका संस्कृत विद्यापीठ, नमूना कलेज, देवचुलीका देवचुली कलेज र जनज्योति कलेज, कावासोतीका कुमारवर्ती बहुमुखी कलेज, मध्यविन्दु बहुमुखी कलेज, मध्यविन्दुका नवजागरण बहुमुखी क्याम्पस र अरुणखोला बहुमुखी क्याम्पसमा स्ववियस् निर्वाचन हुनुपर्ने संयुक्त विद्यार्थी संगठनहरुको माग रहेको उल्लेख गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस