२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

२०७९ माघ २६, बिहिबार प्रकाशित ( साल अघि) ४७८० पाठक संख्या

कावासोती । नवलपुरमा मोटर साइकल ठक्करले एक जना महिलाको ज्यान गएको छ । गैंडाकोट नगरपालिका १० की ५५ वर्षीया सन्तमाया बोटेको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो ।

गएराति पूर्वपश्चिम राजमार्ग अन्तर्गतको गैंडाकोट १० पितौजीको शसस्त्र क्याम्प नजिक मोटरसाकलको ठक्करबाट बोटेको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

राती १० बजेको समयमा पैदल हिडेकी बोटेलाई ठक्कर दिएर मोटरसाइकल चालक भागेका थिए । साधन प्रहरीले हालसम्म फेला पार्न सकेको छैन ।

स्थानीयले सडकमा महिला घाईते अवस्थामा रहेको फोनमार्फत जानकारी गराएपछि प्रहरीले उद्धार गरी अस्पताल पठाएकोमा भरपुर सरकारी अस्पतालले राती नै मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न स्थानमा चेकप्वाईन्ट राखी अनुसन्धानमा प्रहरी सक्रिय रहेको जनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%८%२%१३%३%

प्रतिक्रिया दिनुहोस