२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

मदनपुर ग्रीन भ्याली स्कुलको १५औ वार्षिकोत्सब तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०७९ माघ २५, बुधबार प्रकाशित ( साल अघि) ५९८ पाठक संख्या

रमेश चापागाई

कोल्हुवा ।  मध्यविन्दु  नगरपालिका वडा नं: ४ स्थित मदनपुर ग्रीन भ्याली ई.बोर्डिङ स्कुलको १५औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयको प्रांगणमा हिजो एक कार्यक्रमको आयोजना गरि विद्यालयले बार्षिक उत्सव सँगै अभिभावक भेला गरेको हो ।

कार्यक्रमका अध्यक्ष लाल प्रसाद पाठकको अध्यक्षता एवं प्याब्सनका केन्द्रीय सदस्य जगत प्रसाद भट्टराईको प्रमुख आत्थ्यितामा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG 20230207 WA0025

उक्त कार्यक्रमको उद्घाटन गर्दै भट्टराईले यस विद्यालय हेर्दा सानो भएता पनि यस क्षेत्रको शैक्षिक गुणस्तरमा अब्बल रहेको उल्लेख गर्दै  विद्यालयले छोटो समयमा उल्लेख्य प्रगति गर्न सफल रहेको बताउदै आगामि दिनमा विद्यालयको थप प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।

वार्षिक उत्सवको अवसरमा विद्यालयका प्रिन्सीपल गोपिकृष्ण अर्यालले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो क्रममा उहाले स्थापनाको समयमा जम्मा ३५ जनाबाट संचालन गरिएको यस विद्यालयमा अहिले ४२० जना विद्यार्थी संख्या रहेको बताउदै विभिन्न आरोहअवरोह पार गर्दै यो स्थानमा आएको बताउनुभयो । साथै उहाँले आगामि दिनमा यसै विद्यालयमा प्लस टु सम्म संचालन गर्ने तयारी रहेको बताउनुभयो।

IMG 20230207 WA0010

कार्यक्रममा वडानम्बर ४ का वडाध्यक्ष डिल्लिराम थारु, उद्योग वाणिज्य संघका अध्यक्षकेदार प्रसाद पराजुली, वडा सदस्य श्याम न्यौपाने, कार्यपालिका सदस्य प्रकाश परियार, नव जागरण नमुना माविका प्र.अ हरि प्रसाद देवकोटा, नवलपुर आवसीय माध्यमिक विद्यालयका प्रिन्सीपल देवीलाल पाठक ,प्याब्सन नवलपुरका सचिव कान्तामणि चौधरी, मुनलाईट बोर्डिङ स्कुलका प्रिन्सीपल चन्द्रकान्त वस्याल,सेतापानी खानेपानी उपभोत्ता संस्थाका अध्यक्ष उदयराज अर्याल, बिन्देश्वरी आधारभूत विद्यालयका व्यवस्थापक समितिका अध्यक्ष जितु थापा लगायतकाको आतित्थ्यता रहेको थियो । विद्यालयका शिक्षक रबिना ढकालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शिक्षक नम्रता महतोले गर्नुभएको थियो ।

IMG 20230207 WA0047

बार्षीक उत्सवको अबसरमा शिक्षक शिक्षका तथा बिद्यार्थीहरुको नृत्य, पुरस्कार बितरण, अविभावक सम्मान साथै बिद्यालय क्षेत्रमा योगदान पुर्याउनेहरुलाई समेत सम्मान  गरीएको थियो ।

IMG 20230207 WA0020

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस