२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा फागुन ३ गतेदेखि नवलपुर महोत्सव हुने

२०७९ माघ २४, मंगलबार प्रकाशित ( साल अघि) ६८४ पाठक संख्या

कावासोती । कावासोतीमा फागुन ३ गतेदेखि १३ गतेसम्म नवलपुर महोत्सव हुने भएको छ ।

नवलपुर जिल्ला भित्र रहेका कला,भाषाको संरक्षण र प्रवद्धन गर्दे स्थानिय उत्पादनको बजारी करणलागि फागुन ३ गते देखि १३ गते सम्म महोत्सव आयोजना हुने आयोजक नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालले जानकारी गराए । अध्यक्ष तथा महोत्सवको संयोजक समेत रहेका अर्यालले महोत्सव अवधिभर विभिन्न प्रतियोगिताहरु आयोजना हुने बताए ।

महोत्सवमा एक पालिका एक कृषि उत्पादन, एक पालिका एक व्यापार प्रर्दशनी, कृषि प्रदर्शनि तथा प्रतियोगिता संगै महिलाहरु विच रत्तौली प्रतियोगिता समेत आयोजना हुने अध्यक्ष अर्यालले जानकारी गराए । महोत्सवका वारेमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

उक्त पत्रकार सम्मेलनमा नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलले यस वर्ष आयोजना हुने सातौँ नवलपुर महोत्सवलाई सभ्य र भव्य बनाउन आयोजक लागि परेको बताए । उनका अनुसार आयोजित महोत्सवमा ५ लाख दर्शकहरुले अवलोन गर्ने अपेक्षा उद्योग वाणिज्य संघले लिएको जानकारी दिए । मेलामा नवलपुर डान्स आईडल, स्थानिय कला संस्कृती प्रदर्शनी हुने छन ।

२ सय ५० वटा स्टलहरु रहने उक्त महोत्सवमा कृषि तथा स्थानिय उत्पादन ४०, अटो मोवाइल्स १५, विभिन्न धार्मिक तथा सास्कृतिक १०, होटल २०, अन्य व्यवशायिक १६५ रहने छन । मेलामा आकर्षकका रुपमा भगवानरुपी देशान्त अधिकारी बालकको सांक्षतकार गराइने छ । बाल उद्यान देखि टिकटक प्रतियोगिता समेत मेलामा रहने छन । मेला अवलोकनका लागि एक सय रुपैया टिकट दर रहेको आयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%४%

प्रतिक्रिया दिनुहोस