२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा लागूऔषध सहित एकजना पक्राउ

२०७९ माघ २२, आईतबार प्रकाशित ( साल अघि) ६०० पाठक संख्या

मध्यविन्दु । पुर्ब नवलपरासीको मध्यविन्दुबाट प्रहरीले अवैध लागूऔषधसहित एकजना पक्राउ गरेको छ ।

मध्यबिन्दु नगरपालिका – १४ चोरमारा जंगलस्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ६१ एम्पुल, डाईजेपाम १ सय ६१ एम्पुल र नुर्फिन १ सय ६१ एम्पुल सहित कास्की पोखरा महानगरपालिका १९ बस्ने २५ वर्षीय आशिष हिताङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ना.६ ख ७८७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार आशिषलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस