२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

देवचुली नगरपालिकाको वडामा सचिव नहुँदा सेवाग्राही मर्कामा

२०७९ माघ २०, शुक्रबार प्रकाशित ( साल अघि) ७०४ पाठक संख्या

कावासोती । स्थानीय तहमा वडा सचिव नहुँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । देवचुली नगरपालिका वडा नं २ मा कार्यलय सचिव नहुदा कामकाजमा सकस भएको पाइएको छ ।

नगरको उक्त वडामा विगत ६ महिना देखि सचिव नभएको बुझिएको छ। वडामा सचिव नहुँदा सेवा प्रदान गर्न असहज भएको स्वयं जनप्रतिनिधिले स्विकार गर्दै सामाजिक संञ्जालमा स्टाटस लेखेका छन् ।

वडामा सचिव नहुदा उक्त वडाका वडा अध्यक्ष शरदप्रसाद घिमिरेले सामाजिक संञ्जालमै सचिव अभाव हुदा समस्या भएको बताए ।

वडामा सचिव नहुँदा सहज रुपमा सेवा प्रवाह हुन सकेको छैन । स्थानीयले समयमै सेवा नपाएको गुनासो गर्दै आएका छन् ।

328853544_2548348788637182_1880386455745613401_n

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%१%

प्रतिक्रिया दिनुहोस