२०८२ चैत्र ८, आईतबार
नयाँ
पछिला अपडेट

चितवनका किसानले बजार नपाएपछि सडकमै तरकारी फालेर विरोध

२०७९ माघ २०, शुक्रबार प्रकाशित ( साल अघि) १६४१ पाठक संख्या

कावासोती । तरकारी बिक्री नभएको भन्दै चितवनका किसानले सडकमा फालेका छन्।

भारतीय तरकारीका कारण नेपाली तरकारी बजार विस्थापित भएको भन्दै उनीहरूले शुक्रबार विरोधस्वरुप नारायणगढको पुलचोकमा तरकारी फालेर विरोध जनाएका हुन्।

समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुनेलगायत समस्याबारे सरकार मूकदर्शक भएको आरोप किसानहरूले लगाएका छन् ।

बजारमा भारतीय तरकारी छ्यापछ्याप्ती आएका र नेपाली तरकारीले बजार नपाएकाले खेतमा तरकारी कुहिएर जाने गरेको किसानहरूले गुनासो गरेका छन्।

उनीहरूले सडकमा आएपछि सबैको आँखा पर्ने भन्दै फालेर विरोध जनाएको बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस