२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ६ हजार विद्यार्थी एसईईमा सहभागी हुँदै

२०७९ माघ २०, शुक्रबार प्रकाशित ( साल अघि) ५६४ पाठक संख्या

कावासोती । नवलपुरबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ६ हजार ५ सय ६१ विद्यार्थी सहभागी हुने छन् । आगामी चैत १७ गते देखि एसइई सुरु हुँदैछ ।

शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख रुद्र शर्माका अनुसार गत वर्षको तुलनामा यसवर्ष नवलपुरबाट एसइई परीक्षामा सहभागी हुने विद्यार्थीमा कमी आएको हो ।  गत नवलपुरबाट ६ हजार ८ सय ११ जनाले एसइई परीक्षा दिएका थिए ।

प्रमुख शर्माका अनुसार नियमित तर्फ सामुदायिक तथा संस्थागत विद्यालयका ६ हजार २ सय ६४ र प्राविधिक धारका विद्यालयका २ सय १३ तथा ग्रेडवृद्धिका लागी ४२ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका हुन ।

जिल्लामा माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा सहभागी हुने ७७ वटा सामुदायिक विद्यालय, ५० वटा संस्थागत विद्यालय, ८ वटा प्राविधिक धारका विद्यालय, ३ वटा संस्कृत विद्यालय र १ वटा खुल्ला विद्यालय गरी १ सय ३९ विद्यालय रहेका प्रमुख शर्माले जानकारी दिनु भयो ।

परीक्षा सन्चालनका लागी यस वर्ष जिल्लामा २७ वटा केन्द्र तय गरिएको छ । जनक माध्यमिक विद्यालय गैंडाकोट केन्द्रमा सबै भन्दा धेरै ४ सय १५ जना र सबै भन्दा कम कुमारवर्ती माध्यमिक विद्यालय कोल्हुवा केन्द्र बाट १ सय ३ जना विद्यार्थी परीक्षामा सहभागी हुने तथा आठ वटा प्राविधिक धारका विद्यालयका विद्यार्थीहरुका लागी नेपाल माध्यमिक विद्यालय दिव्यपुरीमा परीक्षा केन्द्र कायम गरिएको प्रमुख शर्माले जानकारी दिनु भयो ।

चैत १७ गतेबाट हुने एसइई परीक्षाको तालिका राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरिसकेको छ । बिहान ८ बजेदेखि परीक्षा सुरू हुने भएको छ । १७ चैतमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा परीक्षा तालिका हेर्न सकिनेछ । चैत २९ गते परीक्षा समापन हुने जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस