२०८२ आश्विन २९, बुधबार
नयाँ
पछिला अपडेट

कावासोती नगरपालिकाको वेथिति सच्याउन भन्दै शिक्षक संघको ज्ञापनपत्र

२०७९ माघ १८, बुधबार प्रकाशित ( साल अघि) ५९४ पाठक संख्या

कावासोती । नेपाल शिक्षक संघ कावासोती नगर समितिले कावासोती नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

कावासोती नगरपालिका र नगर शिक्षाबाट हुने गरेका गतिविधि तथा कार्यक्रमहरुमा पेशागत संघ संगठनलाई वेवास्था गरिएको, औपचारिक रुपमा कुनैपनि कार्यक्रममा जानकारी नगराएको प्रति ध्यानाकर्षण भएको भन्दै ज्ञापनपत्र बुझाएको हो ।

संघले नगरपालिका र नगर शिक्षाले पेशागत संघ संगठनको मर्मलाइ लत्याएर मनोमानी गरेको भन्दै ध्यानकार्षण पत्र पेश गरेको हो ।

संघका अध्यक्ष फडेन्द्र पौडेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा विभिन्न १२ बुदामा शिक्षक दरवन्दि, शिक्षक छनोट, नगर शिक्षा पदाधिकारी छनोट, प्रधानाध्यापक संग छलफल विना कार्यक्रम तय हुने गरेका, पेशागत संघ संगठन संग समन्वय नभएको, विद्यालयमा विद्यालय ब्यवस्थापन समिति निर्माणमा राजनैतिक हस्तक्षेप भएका लगाएत विषयबस्तुमा सुधार गरिनुपर्नेमा जोड दिइएको छ ।

विज्ञप्तीमा नगर शिक्षाधिकारी मार्फत ज्ञापन पत्रमा उठाइएका विषयबस्तु नगर सभामा पेश गर्न समेत माग गरिएको छ । साथै विज्ञप्तीमा सकारात्मक पहलकालागि समेत सम्वन्धित सबै पक्षसंग अनुरोध गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस