२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नागरिकता प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय जाँदै रवि लामिछाने

२०७९ माघ १५, आईतबार प्रकाशित ( साल अघि) ५२१ पाठक संख्या

रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनले नेपाली नागरिकता लिने प्रक्रिया सुरु गर्न लागेका हुन् ।

लामिछानेका सहयोगी दिपक बोहराका अनुसार लामिछाने नागरिकता लिने प्रयोजनका लागि ११ बजे प्रशासन कार्यालयमा जाने भएका हुन् ।

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनस् प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन् । सर्वोच्च अदालतले लामिछानेलाई नागरिकता विवादमा दोषी देखाएपछि पार्टी सभापति, सांसद र उपप्रधान तथा गृहमन्त्री पद एकै पटक गुमेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस