२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

चितवनमा हात्तीको आक्रमणबाट तीन जना घाइते

२०७९ माघ १५, आईतबार प्रकाशित ( साल अघि) १६१७ पाठक संख्या

चितवन । चितवनको खैरहनी नगरपालिकास्थित हर्नरीमा जंगली हात्तीको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा काम गर्न जाने क्रममा आइतबार बिहान करिब ७ बजे तीन जना महिलालाई हात्तीले आक्रमण गरेको हो ।

हात्तीको आक्रमणबाट तारा आले, निसा चौधरी र राधा चौधरी घाइते भएका स्थानीय संचारकर्मी संजय दुवाडीले बताए ।

घाइते तीनैजनालाई उपचारको लागि भरतपुर पठाइएको छ ।
खैरहनी–१३ का वडा अध्यक्ष कुल प्रसाद भुसालका अनुसार जंगलको सिमाना जोडिएको इलाफेन्ट केयर नेपाल नजिक जंगली हात्तिले उनीहरुलाई आक्रमण गरेको हो।

केहिदिन देखि उक्त हात्तीले खैरहनी १२ र १३ मा आतंक फैलाउंदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%१%२%१४%३%

प्रतिक्रिया दिनुहोस