२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा सामाजिक सुरक्षा भत्ता वितरण गर्न शिविर

२०७९ माघ १३, शुक्रबार प्रकाशित ( साल अघि) ७३० पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यबिन्दु नगरपालिकामा माघ १६ गते देखि शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९÷०८० को दाश्रो त्रैमासिक भत्ता बैंक मार्फत वितरण गर्न लागीएको सिटिजन्स बैङ्क कोल्हुवा शाखा प्रबन्धक हरि प्रसाद अधिकारीले सूचना मार्फत जानकारी दिनुभयो ।

बृद्धाअवस्था, अशक्तताका कारण बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई लक्ष्यित गरि बैंकले वडा–वडामा शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएको बैंकका शाखा प्रबन्धक अधिकारीले बताउनुभयो ।

सिटिजन्स बैङ्कको शाखा कार्यालय कोल्हुवाले वडागत ठाँउ ठाँउमा माघ १६ देखि २७ गतेसम्म  शिविर सञ्चालन गरेर भत्ता वितरण गरिने भएको छ । माघ १६, १७ र १८ गते वडा नम्बर २ का लाभग्राहीहरुलाई बितरण गरिने छ ।

माघ १६ गते नन्दपुर र सेहरीको लागि सीतापुरमा भुक्तानी शिविर सञ्चालन हुनेछ । माघ १७ गते भने राधाकृष्ण टोलमा भुक्तानी शिविर सञ्चालन हुने छ । माघ १८ गते कोल्हुवा र चनौली टोल शिविर सञ्चालन हुने बैंकले जनाएको छ ।

यस्तै माघ १९, २० र २१ गते वडा नम्बर १ का लाभग्राहीहरुलाई भक्ता उपलब्ध गराईने जनाईएको छ । माघ १९ गते सेतापानीमा शान्ती आधारभूत विद्यालयको खाली भवनमा भुक्तानी शिविर सञ्चालन हुने छ । माघ २० गते भने अभिवन र गुडचरीको लागी नव–दुर्गा मन्दिरमा भुक्तानी शिविर रहनेछ । माघ २२ गते पतवारीका लागि वडा कार्यालयमा भुक्तानी शिविर सञ्चालन हुनेछ ।

त्यस्तै माघ २३, २४, र २५ गते वडा नम्बर ३ का लाभग्राहीहरुलाई भक्ता उपलब्ध गराईने छ । माघ २३ गते इटौरा र रतनपुरलाई बैंक भवनबाट भुक्तानी गरिनेछ । माघ २४ गते भने लेढा र ब्रम्हस्थानको लागी लेढाको पुस्तकालयमा शिविर संचालन हुनेछ ।

त्यस्तै माघ २५, २६ र २७ गते वडा नम्बर ४ का लाभग्राहीहरुलाई भक्ता उपलब्ध गराईने जनाईएको छ । माघ २५ गते घमपुरा र पनौतीको लागि स्वास्थ्य चौकी भवनमा शिविर संचालन गरिनेछ । माघ २६ गते भने लुसलहरीको लागि नारायणी सह–लगानी भवनमा सामाजिक सुरक्षाभत्ता वितरण गरिनेछ । माघ २७ गते मदनपुरको लागी पञ्चपाण्डव भवनमा भुक्तानी शिविर सञ्चालन हुनेछ ।

त्यस्तै बैंकमा आउन नसक्ने अपाङ्ग,अशक्त, बिरामी, ८० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै गई लाभग्राहीहरुलाई भत्ता वितरणगरिने भएको हुँदा घरपरिवारको व्यक्तिले बैंकमा सम्पर्क गरी भत्ताको कार्ड र चेक बुक उपलब्ध गराईदिनुहुन समेत बैंकले सम्बन्धित वडालाई आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस