२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

एक महिनाको गैँडा मृत अवस्थामा भेटियो

२०७९ माघ ८, आईतबार प्रकाशित ( साल अघि) २८१८ पाठक संख्या

कावासोती । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर महानगरपालिका–२६ मा एक महिनाको गैँडा मृत अवस्थामा भेटिएको छ ।  शनिबार आमासँगै रहेको गैँडापछि मृत अवस्थामा भेटिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली उपभोक्ता समितिअन्तर्गत नारायणी नदीको पूर्वी वन क्षेत्रमा रहेको गर्दहा वन क्षेत्रमा बच्चा गैँडा मृत अवस्थामा  भेटिएको हो । भाले बच्चा आमासँगै रहेको अवस्थामा मृत भेटिएको उनले जानकारी दिए ।

तिवारीका अनुसार  प्राकृतिक कारणले गैडाको  बच्चा मरेको हुन सक्छ । निकुञ्जको कावासोती क्षेत्रमा माघ ६ गते गैंडाका आमाछोरा तस्करहरूले मारेको पर्सिपल्ट नै गैंडाको बच्चा मरेको भेटिएको हो ।

चालु आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा ११ गैँडा मृत अवस्थामा भेटिएका छन् । ती मध्ये आठ कालगतिले मरेका हुन् । दुई चोरी शिकारीले र एउटा गाउँ छिर्ने समयमा विद्युतीय करेन्ट लागेर मेरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%२%४%३%३५%६%

प्रतिक्रिया दिनुहोस