२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरका प्रमुख जिल्ला अधिकारी घिमिरेको सरुवा, कृष्ण प्रसाद लम्साल आउने

२०७९ माघ ७, शनिबार प्रकाशित ( साल अघि) १८२९ पाठक संख्या

कावासोती । जिल्ला प्रसासन कार्यालय नवलपरासी ( बर्दघाट सुस्ता पूर्व ) नवलपुरका प्रमुख जिल्ला अधिकारी सूमन घिमिरेको सरुवा भएको छ । घिमिरेलाई नवलपुरबाट गृहमन्त्रालयमा सरुवा गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

शुक्रबार बसेको मन्त्रीस्तरीय निर्णयबाट नवलपुरमा प्रमुख जिल्ला अधिकारीको रूपमा कृष्ण प्रसाद लम्साललाई पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

नवलपुरको प्रमुख जिल्ला अधिकारी भएर आउन लागेका लम्साल यसअघि धादिङमा कार्यरत थिए । यसैगरी गृह मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गको पनि सरुवा गरेको छ । उनलाई गृह मन्त्रालय पठाउदै मन्त्रालयमा कार्यरत सुरेन्द्र पौड्याललाई चितवनको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको छ ।

हिजोको गृहमन्त्रीस्तरीय निर्णयले उहाँहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । विभिन्न ४९ जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ । कतिपय जिल्लामा सहायक प्रजिअको सरुवा तथा पदस्थापन भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस