२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा “घरदैलो सहकारी शिक्षा” अभियान

२०७९ माघ ६, शुक्रबार प्रकाशित ( साल अघि) ५७६ पाठक संख्या

मध्यविन्दु । उत्पादनशिल क्षेत्रमा लगानी गरि ग्रामीण क्षेत्रको गरिवी निवारण गर्ने उद्देश्यले स्थापित कोल्हुवा खानेपानी बहुउद्धेश्यीय सहकारी संस्थाले कोल्हुवमा “घरदैलो सहकारी शिक्षा” कार्यक्रम सञ्चालन गरेको छ ।

ग्रामीण क्षेत्रका स्थानीयलाई सहकारी क्षेत्रप्रति आकर्षित गराउने, युवा पुस्तालाई सहकारीमा क्रियाशिल बनाउने र सहकारी मार्फत आयआर्जन गरी मुलुकको आर्थिक विकासमा टेवा पु¥याउने उदेश्यका साथ अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष अनन्त राम भुसालले जानकारी दिए ।

Received_910006660169642

संस्थाले सञ्चालन गरेको सहकारी शिक्षा अन्तरगत दुई साता लगाएर कार्यक्रम आज शुक्रबार सम्पन्न गरेको छ । संस्थाले  कोल्हुवा , चनौली, नन्द्पुर , ब्रह्मस्थान र ईटौरा लगायतका स्थानमा घरदैलो सहकारी शिक्षा कार्यक्रम गरेको हो ।

सहकारीबारे आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा अन्तर्गतका बचत सेवा र ऋण सेवासँगै सहकारी नीति, नियमबारे सदस्यहरूलाई जानकारी दिन सो कार्यक्रम गरिएको संस्थाका सचिव रोम बहादुर बोहराले बताए। सचिव बोहराले संस्थामा नयाँ सदस्य बनेका सदस्यहरूलाई स्वागत गर्दै संस्थाबारे जानकारी दिए ।

FB_IMG_1674223306788

उनले सहकारीको मर्मअनुसार संस्थाले समान रूपले काम गर्ने बताउँदै सहकारी संस्था स्थापनाको उद्देश्यबारे जानकारी लिनु जरुरी रहेको बताए। उनले सहकारी सामाजिक उत्तरदायित्व वहन गरि सदस्यहरूको आर्थिक, सामाजिक समस्या समाधानका लागि स्थापना गरेको बताए।

हाल ८ सय ९३ सदस्य रहेको सो संस्थालाई अघि बढाउनका लागि विभिन्न उपसमिति गठन गरि अघि बढेको उल्लेख गर्दै सहकारी अभियानलाई पूरा गर्न सहकारीको संचालक समितिको मात्र नभएर सदस्यहरूको पनि भूमिका हुने बताए। उनले सहकारीको क्षेत्रमा कोल्हुवा खानेपानी बहुउद्धेश्यीय सहकारीको बेग्लै पहिचान रहेको उल्लेख गर्दै सहकारी संचालनका लागि तय गरिएका नीतिहरूबारे जानकारी दिए।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस