२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासी प्रहरीद्धारा भारतबाट ल्याँउदै गरेका अवैध चौपाया नियन्त्रणमा

२०७९ माघ ६, शुक्रबार प्रकाशित ( साल अघि) ५९६ पाठक संख्या

गैँडाकोट । नवलपरासी प्रहरीले भारतबाट अवैधरुपमा ल्याउदै गरेको अवैध चौपाया (भैसीरपाडा)  नियन्त्रणमा लिएको छ ।

खुल्ला सीमानाको फाइदा उठाउदै अबैध रुपमा पशुजन्य चौपायाहरु भित्राउने गरेको भन्ने बिशेष सूचनाको आधारमा पाँचवटा भैसी र ६ वटा पाडा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) का डिएसपी भोजराज पाण्डेयका अनुसार प्रतापपुर गाउँपालिका वडा नं.४ हरपुराबाट प्रहरीको टोलिले अवैध चौपाया नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका चौपायाहरुको  मूल्य ४ लाख बराबरको रहेको प्रहरीको अनुमान छ ।

चौपाया ल्याउने जिल्ला महाराजगंज भारत ग्राम झुल्निपुर बस्नेसुन्दर पाल र जिल्ला महाराजगंज भारत ग्राम रामचन्द्रही बस्ने मकरुदिन अनसरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाइएको छ  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस