२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा दुईवटा गैँडा मृत भेटिए

२०७९ माघ ६, शुक्रबार प्रकाशित ( साल अघि) ३५३५ पाठक संख्या

कोल्हुवा । नारायणी नदी किनारमा दुईवटा गैँडा मृत अवस्थामा भेटिएका छन् ।

नवलपुरको मध्यविन्दु – २ सेहरीस्थित नदी किनारमा माउ र बच्चा गैँडा मृत अवस्थामा भेटिएका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आजै बिहान मृत अवस्थामा भेटिएका दुई गैँडामध्ये एउटाको खाग पनि निकालिसकेको पाइएको छ ।

अहिले गैँडा मृत भेटिएको स्थानमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ । खाग पनि निकालिसकेको हुँदा चोरी शिकारीमा परेको हुन सक्ने आकलन गरिएको छ ।

जंगल क्षेत्र नजिक रहेको हुँदा सेहरीमा पछिल्लो समय बाघको आक्रमण पनि बढेको स्थानीयले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१५%१%४%३७%७%

प्रतिक्रिया दिनुहोस