२०८२ चैत्र १, आईतबार
नयाँ
पछिला अपडेट

आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

२०७९ माघ ५, बिहिबार प्रकाशित ( साल अघि) १०६१ पाठक संख्या

आगो ताप्ने क्रममा एक महिलाको मृत्यु भएको छ।

विराटनगर १० लालीगुरास चोकमा ८० वर्षीया देवि यादवको आगो ताप्ने क्रममा आज बिहान जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आगो ताप्ने क्रममा यादवले लगाएको सारीमा आगो सल्किएर जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार घटनास्थलमा वडा प्रहरी कार्यालयका इन्चार्ज डिएसपी दिपेन्द्र पन्जार थारुसहितको टोली पुगि घटनाको मुचुल्का उठाउने कार्य भइरहेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस