२०८२ चैत्र २३, सोमबार
नयाँ
पछिला अपडेट

टिकटकबाट जुवा खेलाउने युवक समातिए, १५ दिनमा साढे ८ लाख रुपैयाँको खेल

२०७९ माघ ५, बिहिबार प्रकाशित ( साल अघि) ५५३ पाठक संख्या

टिकटकबाट अनलाइन जुवा खेलाउने थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वी रुकुम घर भएका ३५ वर्षीय हरिसचन्द्र मल्ललाई मंगलवार ललितपुरबाट नियन्त्रणमा लिएको हो।

उनले विभिन्न मानिसलाई ई(सेवामार्फत रकम राख्न लगाएर जुवा खेलेको देखिएको छ। १५ दिनको अवधिमा मल्लले ८ लाख ५३ हजार रुपैयाँ बराबरको जुवा खेलाएको देखिएको छ।

उनीविरुद्ध मलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम कारबाहीको लागि प्रक्रिया अगाडी बढाएको छ। केही दिन अघि मात्र प्रहरीले टिकटकबाट अनलाइन जुवा खेलाउने तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस