२०८२ अषाढ १०, मंगलबार
नयाँ
पछिला अपडेट

जहाज दुर्घटनामै श्रीमान्‌को मृत्यु भएपछि हवाई सेवामा जोडिएकी अञ्जुको पनि मृत्यु

२०७९ माघ २, सोमबार प्रकाशित ( साल अघि) ५६७ पाठक संख्या

पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनामा ४५ वर्षीया सहचालक अञ्जु खतिवडाको मृत्यु भएको छ। उडानमा अनुभवले निखारिएकी अञ्जुले करिब सय घण्टा जहाज उडान गरेकी थिइन्। तर हिजो बिहान भएको जहाज दुर्घटना उनको मृत्यु भएको हो ।

उनको श्रीमान दीपक पोखरेल पनि यती एयरलाइन्सकै चालकका रूपमा काम गर्थे । तर, जिम्मेवारीवहन गरिरहेका दीपकको ०६३ साल असारमा जुम्ला उडान भर्ने क्रममा दुर्घटनामा परि मृत्यु भएको थियो।

त्यस्तै अञ्जुको हवाईसेवामा श्रीमान् दीपकको मृत्युपछि थप लगाव बढेको थियो। उनी श्रीमान्‌को हवाई दुर्घटनामा मृत्यु भएपछि हवाई सेवाको अध्ययन गर्ने जमर्को गरेकी थिइन्।

अञ्जुले बुवा गोविन्द खतिवडा र परिवार सदस्यको आग्रहलाई थाती राखेर श्रीमान्को सपना साकार पार्न अमेरिका पुगेकी थिइन्। केही वर्ष अमेरिकाको क्यालिफोर्नियामा उनले हवाईसम्बन्धी अध्ययन पूरा गरेपछि १३ वर्षदेखि नेपाली आकाशमा यात्रुलाई गन्तव्यमा पुर्याउने कार्यमा खटिन्। यसलाई उनले आफ्नो श्रीमान्को सपना साकार भएको मान्ने गर्थिन्।’

नेपाली सेनामा प्लेन चालकका रूपमा कार्यरत रहेका दीपकसँग अञ्जुको ०५५ सालमा मागी विवाह भएको थियो। स्रोतः देशसञ्चार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस