२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

विमान दुर्घटनाः ६८ मध्ये २६ जनाको पहिचान खुल्यो, हराएका ४ जनाको खोजी जारी

२०७९ माघ २, सोमबार प्रकाशित ( साल अघि) ३५८ पाठक संख्या

पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका ६८ मध्ये २६ जनाको पहिचान खुलेको छ । दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । त्यसमध्ये २६ जनाको शव पहिचान भएको कास्की प्रहरीले जनाएको हो । प्रहरीका अनुसार हराएका ४ जनाको आज बिहानैदेखि खोजी भइरहेको छ ।

दुर्घटनामा ज्यान गुमाएर पहिचान खुल्नेमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भई अहिले बालाजु बस्ने संगीता शाही, पोखरा ४ का डा। सुशील श्रेष्ठ र उनकी श्रीमती डा। सोना दिवाकर रहेका छन् । पर्वतको कुश्मा १ का १० वर्षका रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुश्मा  ९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उनकी ११ वर्षकी छोरी प्रसिद्धी, पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा २२ का रक्की गुरुङ छन् ।

यस्तै,पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, रुपन्देही शंकर ८ का डा। गणेश थापा, काठमांडौंकी नतु परियार, रीता परियार, हरि परियार,  पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस