२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

विमान दुर्घटनामा नवलपुरका मोहन श्रेष्ठको मृत्यु

२०७९ माघ २, सोमबार प्रकाशित ( साल अघि) ३४५४ पाठक संख्या

कावासोती । पोखरामा भएको विमान दुर्घटनामा नवलपुरको कावासोती ६ बिष्णुनगरका मोहनप्रकाश श्रेष्ठको पनि मृत्यु भएको पुष्ठी भएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीमा कृषि प्रसार अधिकृत पदमा कार्यरत कावासोती नगरपालिका ६ बिष्णुनगरका ३५ वर्षिय मोहनप्रकाश श्रेष्ठको पनि विमान दुर्घटनामा परि मृत्यु हो । श्रेष्ठको शव परिवारले पहिचान गरिसक्नु भएको छ ।

शव आज नै परिवारलाई जिम्मा लगाउने तयारी भईरहेको छ । श्रेष्ठको परिवार आइतवार दिउसो नै पोखरा गई सक्नु भएको छ।
विगत पाँच बर्ष देखी सरकारी सेवामा कार्यरत श्रेष्ठ आइतवार काठमाडौँ वाट पोखराका लागि आउदै गर्दा विमान दुर्घटनामा पर्नु भएको हो ।

श्रेष्ठको परिवारमा श्रीमती,एक छोरी र बुवा आमा रहनु भएको छ । कावासोती ६ का मोहनप्रशान श्रेष्ठको निधनको खबरले हिजो देखि नै उहाँको गाउँ बिष्णुनगर शोकमा डुवेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%२%६%१%४८%५%

प्रतिक्रिया दिनुहोस