२०८२ श्रावण २३, शुक्रबार
नयाँ
पछिला अपडेट

हेटौंडामा स्कुटरलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

२०७९ पौष २९, शुक्रबार प्रकाशित ( साल अघि) ५७९ पाठक संख्या

पूर्व पश्चिम राजमार्गस्थित मकवानपुरको मनहरी गाउँपालिका९ भलादमी चोक नजिक सवारी साधनको ठक्करबाट तीन जनाको मृत्यु भएको छ।

बिहीबार राति करिब १० बजेतिर ना ३९ प १४३९ नम्बरको स्कुटरलाई सवारी साधन ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो।

ठक्कर दिने सवारी साधनको अहिलेसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ गाउँपालिका(३ का रुपेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीले बताए।

रुपेश र मिलनको भरतपुरस्थित पुरानो मेडिकल अस्पतालमा पुर्‍याउने बित्तिक्कै मृत्यु भएको थियो भने धर्मराजको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक तीनै जना एउटै स्कुटरमा सवार थिए।

उक्त दुर्घटनाका कारण आक्रोशित स्थानीयले बिहीबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म राजमार्ग ठप्प पारेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस