२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

प्रकृति कृषि सहकारीको ११औं साधारण सभा सम्पन्न

२०७९ पौष २७, बुधबार प्रकाशित ( साल अघि) ५४६ पाठक संख्या

कोल्हुवा । प्रकृति कृषि सहकारी सस्थाको ११औँ बार्षिक साधारण सभा आज बुधबार सम्पन्न भएको छ । मध्यबिन्दु नगरपालिका- १ पतवारीमा संस्थाका अध्यक्ष ईन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी मध्यविन्दु नगरपालिका सहकारी शाखाका प्रमुख बिष्णु प्रसाद शर्मा हुनुहुन्थ्यो ।

उहाँले पानसमा दिपप्रजन्न् गरेर कार्यक्रमको उत्घाट्न गर्नु भएको हो ।  कार्यक्रममा बोल्दै प्रमुख अथिति शर्माले आज परेको पृथ्वी जयन्तीको शुभकामना दिदै  किसानका लागि सहकारी र सहकारीका लागि किसान भन्ने मुल नाराका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । यसका लागि आफ्नो तवरबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

IMG 20230111 WA0014

सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन लेखा सदस्य राम चन्द्र पुरिले प्रस्तुत गर्नु भएको थियो भने स्वागत मन्तव्य संस्थाको कोषाध्यक्ष गिता काफ्लेले गर्नु भएको हो ।

कार्यक्रमा विशेष अतिथिका रुपमा रहनुभएका जिल्ला बचत सहकारी सङ्घका उपाध्यक्ष बद्रीनाथ नेपालले कृषि सामाग्री लिन अन्य ठाँउमा धाउनु पर्ने  बध्यायतालाई हटाउन माग गर्दै आफ्नै नजिक रहेको प्रकृति सहकारी संस्थामा कृषि सामाग्री उपलब्ध गराउन आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

IMG 20230111 WA0023

त्यस्तै कार्यक्रममा ब्रहम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष काशीराम पाठक , कोल्हुवा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष श्रीधर शर्मा र यसै संस्थाका संस्थापक अध्यक्ष विष्णु काफ्ले लगायतले मन्तव्य राख्नुभएको थियो ।

साधारणसभामा संस्थाले सबैभन्दा बढी दुध ल्याउने किसान  भुपराज भण्डारी , पुरन महतो , ईद्द बहादुर महतो र गुणस्तर दूध ल्याउने दुर्गा प्रसाद पराजुली , जिबलाल भुसाल , निर्मला बोटे , लाल बहादुर थनेत , कल्याण कुमारी महतोलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।

IMG 20230111 WA0015

शेयर सदस्यहरुको सहभागितामा भएको साधारणसभाले संचालक समितिको रिक्त रहेको पद समेत पुर्ती गरेको छ । रिक्त रहेको सचिब पदमा ओम प्रकाश पाठक नियुक्त भएका छन् भने सहसचिवमा तिलक राम न्यौपाने र सदस्यमा निमा चापागाईलाई नियुक्त गरेको संस्थाले जनाएको छ ।

IMG 20230111 WA0011

कार्यक्रममा नमुना बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष बिष्णु घिमिरे , गरिबी तथा चन्द्रज्योती बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष प्रभा गिरि , कोल्हुवा खानेपानी सहकारी संस्थाका अध्यक्ष अनन्त राम भुसाल र वडाअध्यक्ष तिलक राम न्यौपाने र विभिन्न संघसंस्थाका पदाधिकारी, शेयर सदस्य समाजसेवि , किसान लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रम सञ्चालन भने संस्थाका पुर्ब सचिव तथा मध्यविन्दु नगरपालिका बडा नम्बर २ का वडा अध्यक्ष रामभक्त अधिकारिले गर्नुभएको थियोे  ।

IMG 20230111 WA0028

IMG 20230111 WA0024

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस