२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको ९औं साधारण सभा सम्पन्न

२०७९ पौष २६, मंगलबार प्रकाशित ( साल अघि) ४४३ पाठक संख्या

कावासोती । नवलपुरको कावासोती स्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको ९औँ वार्षिक साधारणसभा सम्पन भएको छ ।

कावासोती १५ मा कार्यालय रहेको समूहको साधारणसभा कार्यालय परिसरमा आज मंगलवार सम्पन्न भएको हो । समुहका अध्यक्ष नर बहादुर महतोको अध्यक्षतामा भएको ९औं साधारणसभामा कावासोति नगरपालिकाका प्रमुख बिष्णु प्रसाद भुसाल प्रमुख अतिथि रहनु भएको थियो।

IMG 20230110 WA0054

कार्यक्रममा बोल्दै प्रमुख अतिथी भुसालले बन्य जन्तु र मानवद्धन्द न्युनिकरण गर्ने विभिन्न कदम चालेको बताउदै यसै बर्ष पर्खाल निर्माण कार्य सम्पन्न हुने बताउनुभयो ।

त्यस्तै साधारणसभामा लेखापरीक्षण प्रतिबेदन कोषाध्यक्ष लिला बहादुर महतोले प्रस्तुत गर्नुभएको थियोे भने अध्यक्ष नर बहादुर महतोले अध्यक्षको प्रतिबेदन आय ब्यय र योजना प्रस्तुत गर्नु भएको हो । संस्थाका उपाध्यक्ष युगनारायण कुमालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सचिव आसाराम महतोले गर्नुभएको थियोे ।

IMG 20230110 WA0058

कर्यक्रममा अध्यक्ष नर बहादुर महतोले वनको आर्थिक प्रतिवेदन अनुमानीत आयव्याय संगै पर्यटन क्षेत्रको बिकासमा बन र वन्यजन्तुको संरक्षण तथा वन उपभोक्ताको भुमिकाको विषयमा आफ्नो धाराण राख्नुभएको थियो ।

कार्यक्रमको विशेष अतिथि वडा अध्यक्ष तेजकुमार श्रेष्ठ, अमलटारी उपभोक्ता समितिका अध्यक्ष केदारनाथ घिमिरे ,चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर कार्यालयका सहायक सँरक्षण अधिकृत अरविन्द्र यादव ,  होमस्टे एसोसेसन महासंघका केन्द्रिय अध्यक्ष प्रेम शंकर मर्दनिया थारु, इकोकोरिडोर नवलपुरका अध्यक्ष देव नारायण महतो, वडा सदस्य शिव काफ्ले, पश्चिम सेक्तटर प्रतीमा चौधरी, कोल्हुवा चौकी इन्चार्ज चित्र बहादुर खत्री, नवलपुर प्रेसका प्रबन्ध निर्देशक दयाराम आचार्य ,रिम बहादुर थापा , किसोर कुमार महतो , ईनर प्रसाद काफ्ले, बसन्त गौतम लगाएत विभिन्न संघ संस्थाका पदाधिकारी,वन उपभोक्ता समितिका सदस्य तथा स्थानीयहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

IMG 20230110 WA0063

IMG 20230110 WA0056

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस